१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

सत्तापक्ष र प्रतिपक्ष दुवैको अहमका कारण सदन अवरोध : डा. कोइराला

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले लामो समयसम्म संसद चल्न नसक्नुमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन् ।

संसद परिसरमा आइतबार सञ्चारकर्मीहरूले संक्षिप्त कुराकानीमा कोइरालाले संसद तत्काल सुचारु गराउन संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग अनुरोधसमेत गरेका छन् ।

देश र जनताको कुरा गर्न थलो त्यसमा पनि हालको बाढीपहिरोको समस्या, डेंगु प्रकोप, लम्पी स्किनका समस्या बढ्दै गएको बेला संसद बैठक नै बस्न नसक्नु दुःखको कुरा भएको उनले बताए । संसद छिटोभन्दा छिटो सञ्चालन गराउन सत्ता र प्रतिपक्षी दुवै जिम्मेवार भएर लाग्न पर्ने कोइरालाको भनाइ छ ।

संसद छिटोभन्दा छिटो चल्नुपर्छ, उनले भने, ‘मंगलबार बोलाइएको बैठक हेरौँ, के हुन्छ ? यो एउटा पार्टीको मात्र नभएर राष्ट्रको कुरा हो । संसद जसरी पनि चल्नु पर्छ ।’

आफू पनि नेपाली कांग्रेसको सांसद भएको नाताले पार्टी सभापति तथा संसदीय दलका नेताले यसमा कोअर्डिनेट गर्न उनले आग्रहसमेत गरेका छन् । मंगलबारको संसद बैठकमा आफूहरु त आउने बताउँदै त्यस दिन संसद चलाउन सबै पक्षले अहमको भावना त्याग्नुपर्छ ।
संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने । अनि, सत्तापक्षले पनि भन्ने, प्रतिपक्षले गर्न दिएन भनेर । चल्न दिएन भन्ने, उनले भने, ‘तर, यसमा हामी दुईटै दोषी हौं । यो सरकारले गर्ने काम हो । प्रतिपक्षले गर्ने काम हो । यो कुनै एउटा पार्टीले मात्र गर्ने कुरा होइन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*