६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

को हो कोशी प्रदेश सरकारको कामचलाउ मुख्यमन्त्री ?

प्रदेश प्रमुख परशुराम खापुङले कामचलाउ सरकारको मुख्यमन्त्री नतोकेपछि कोशी प्रदेशमा एमाले नेता हिक्मत कार्की र कांग्रेस नेता उद्धव थापा कसको नेतृत्वको सरकार कामचलाउ भन्ने विवाद चुलिँएको छ । नेकपा एमाले सर्वोच्चको फैसलमा स्पष्ट रूपमा जुन विन्दुबाट संविधान डिरेल भएको त्यही विन्दुमा फर्काएपछि हिक्मत कार्की कामचलाउ सरकारको मुख्यमन्त्री हुनुपर्ने तर्क गरिरहेको छ । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्ने निर्णय शुक्रबार गरे पनि कामचलाउ सरकारको विषयमा मौन देखिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बेबसाइटमा मुख्यमन्त्रीमा थापाको नाम नै छ ।

कार्यालयमा पनि उनकै नाम छ । मुख्यमन्त्री निवासमा बसेका तत्कालीन मुख्यमन्त्री उद्धव थापाले निवास पनि छोडेका छैनन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले शुक्रबार कामचलाउ सरकारको विषयमा प्रदेश प्रमुखबाट कुनै निर्णय नभएकाले यसबारे थप बोल्न नसक्ने बताएका थिए । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले सर्वोच्च अदालतले प्रदेश सरकारलाई असार १७ मा पु¥याइदिएकाले त्यो आदेश शिरोधार्य गरेको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतको आदेशबाट बिहीबार मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ उपधारा २ अनुसार मंगलबारसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । असार १७ मा सभामुखको समेत समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए । सर्वोच्चले सरकार गठन प्रक्रियामा सभामुखको भूमिका ‘रेफ्री’ जस्तो हुने फैसला सुनाएपछि सत्ता गठबन्धनलाई बहुमत पु¥याउन कठिन परेको छ । कोशीका सभामुख माओवादीबाट निर्वाचित हुन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक पर्छ तर गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६, एमालेका ४० र राप्रपाका ६ प्रदेश सांसद छन् । यस्तो अवस्थामा सत्ता गठबन्धनलाई राप्रपाले साथ दिए सहज बहुमत पुग्छ । राप्रपा तटस्थ बसेमा वा एमालेको कित्तामा गएमा पनि सरकार निर्माण प्रक्रिया अनिर्णीत हुन्छ । सभामुखबाट गौतमले राजीनामा दिएपछि गठबन्धनलाई मुख्यमन्त्री नियुक्तिका लागि मार्ग प्रशस्त हुने भएकाले कांग्रेसले उनको राजीनामाका लागि प्रधानमन्त्री दाहाललाई चेपेको छ । कांग्रेस मुख्यमन्त्री नियुक्तिका लागि दलका नेता उद्धव थापालाई नै अघि सार्ने अडानमा देखिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*