६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन, संग्रहालयको अवलोकन


राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन् । साथै उनले पाटन संग्रहालय पनि अवलोकन गरे ।

राष्ट्रपति पौडेल आज बिहान पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*