५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

कोशी सरकारविरुद्धको रिटमा आजबाट पूर्ण इजलासमा बहस

कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिटमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस सुरु हुँदैछ । प्रदेश सभाका सभामुखको हस्ताक्षरसहित गठन भएको सरकार असंवैधानिक दाबी गर्दै एमालेले सर्वोच्च अदालमा खारेजीको माग गर्दै रिट दायर गरेको थियो ।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामुख बाबुराम गौतमसहितको समर्थन पेश गरेर असार २१ गते मुख्यमन्त्रीमा दाबी गरेका थिए । थापाको दाबी पेशलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेपछि एमाले संसदीय दलका नेता सर्वोच्च पुगेका हुन् ।

प्रदेश सभा सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत हो भन्दै एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च पुगेका थिए ।

प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीसमेत रहेका कार्कीले थापा, गौतम र प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाएर दिएको मुद्दामा सोमबार सुनवाइ हुँदा न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । सोही आदेशअनुसार आजबाट पूर्ण इजलासमा सुनवाइ हुन लागेको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*