६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

चीनको आर्थिक उन्नती नेपालका लागि प्रेरणाको स्रोत : कार्यवाहक प्रधानमन्त्री खड्का


कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चीनले गरेको आर्थिक, सामाजिक एवं प्राविधिक विकासमा गरेको उन्नती नेपालका लागि प्रेरणाको स्रोत भएको बताएका छन् ।

नेपालको तीन दिने भ्रमणमा काठमाडौं आएका चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनसँग सिंहदरबारस्थित रक्षा मन्त्रालयान भएको भेटवार्तामा खड्काले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको बताए ।

उनले चीनले आर्थिक, सामाजिक एवं प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्‍त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गरे । कार्यबहाक प्रधानमन्त्री खड्काले भने–‘चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुनेछ ।’ उनले चिनियाँ सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पुर्‍याएको सहयोगका लागि धन्यवाद पनि व्यक्त गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

भेटमा सीपीसीका पोलिटब्युरो सदस्य युआनले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असल सम्बन्ध रहेको कुरा उल्लेख गरे । उनले आगामी दिनमा तालिम, क्षमता अभिवृद्धिका क्षेत्रमा थप सहयोग आदान–प्रदान हुने पनि प्रतिबद्धता व्यक्त गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*