६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

राष्ट्र बैंकको मौद्रिक नीति प्रभाव : सेयर बजार ६३.२४ अंक वृद्धि

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेकै दिन सेयर बजारमा प्रभाव देखिएको छ । गभर्नरले मौद्रिक नीति पढ्दा पढ्दै सेयर बजार वृद्धि हुँदै गएको थियो ।

आज एकै दिन सेयर बजरा ६३.२४ अंकको वृद्धि भएको हो । सेयर बजार आइतबार २२२७.१६ विन्दुमा उक्लिएको छ । यो एकै दिनको २.९२ प्रतिशतको वृद्धि हो ।

यो हप्ताको पहिलो दिन सेयर कारोबार सबै उपसूचक बढेका छन् । जसमा सबैभन्दा बढी बैक, विकास बैंक, व्यापार उपसूचक बढेको छ । आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किन बेच भएको छ ।

त्यस्तैगरी किसान लघुवित्त, चन्द्रागिरि हिल्स, लिवेर्टी इनर्जी, स्वरोजगार लघुवित्तसहितका धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भए । ग्लोबल आईएमई बैंक, कालिञ्चोक दर्शन, विशाल बजार कम्पनी, प्रभु बैंकसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

एनआईबीए ग्रोथ फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ । यसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*