कांग्रेस बैठकमा बाँकी नेताले आफ्नो धारणा राख्ने
सानेपास्थित बीपी स्मृति भवनमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पुनः बस्नेछ । आज बिहान ११ बजेबाट सुरु हुने बैठकमा बोल्न बाँकी केन्द्रीय नेताहरुले आ–आफ्नो धारणा राख्नेछन् । बैठक शनिबार बस्न सकेको थिएन ।
अघिल्लो मंगलबारदेखि सुरु बैठकमा धेरैजसो नेताहरुले आफ्नो धारणा राखिसकेका छन् । अहिलेसम्म बोलेका नेताहरुमा धेरैजसोले सभापति देउवाको बचाउ गरेका छन् । केहीले भने महामन्त्री गगन थापाद्वारा प्रस्तुत प्रतिवेदनको आवश्यकतामा जोड दिए ।
केन्द्रीय नेताहरुको धेरैजसो समय पार्टी बैठकको प्रत्यक्ष प्रसारणमा खचिएका थिए । उनीहरुले बैठक लाइभ हुँदा पार्टीका आन्तरिक कुरा बाहिर गएको भन्ने भनाइ छ । तर देउवाले महामन्त्रीहरुको हैसियत देखाउनकै लागि पनि लाइभ गराएको भन्ने भनाइ पनि आएको छ ।