बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेको तर्फबाटका सांसद किरण थापा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमालेका प्रदेश सांसद थापालाई बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बतायो ।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई आज ४ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस आव्हान गरेका थिए ।
नेकपा एमाले, नेकपा र राप्रपा सहित तीन दलका ६३ जना सांसदको समर्थनमा नेपालको संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका थापालाई प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यता पार्टीको केन्द्रीय निर्णय विपरित एमालेका उम्मेदवर किरण थापालाई वाग्मती प्रदेशको मुख्यमन्त्री बनाउन केही सांसदले चालेको कदम प्रति राप्रपा एक्सनमा उत्रिएको छ ।
राप्रपाको अदिकारीक निर्णय विपरित मुख्यमन्त्रीमा किरण थापालाई समर्थन गरेको भन्दै राप्रपाका सांसद उद्धव थापालाई साधारण सदस्य समेत नरहने गरी अनुसासनको कारवाही गर्ने निर्णय भएको स्रोतले बतायो ।


न्यूज समय
४ भाद्र, २०८३, बिहीबार ००:००