६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

नेपाली कांग्रेस मजदुरको साथी बन्नुपर्छ : नेता पौडेल


नेपाली कांग्रेसका नेता एवं सांसद प्रदिप पौडेलले नेपाली कांग्रेस मजदुरको साथी बन्नुपर्ने बताउदै आफू त्यसका लागि तयार रहेको बताएका छन् । बिपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश समितिको श्रमिक सवाल कार्यक्रमको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दे नेता पौडेलले बिपीको विचार अनुसार श्रम नीति बन्न नसकेको बताए ।

उनले मजदुरवर्गको दैनिक जिवनमा लोकतन्त्र पुगि नसकेको समेत जिकिर भन्दै अझै ५ सय दिएर ५ हजारको कागज बनाई श्रमजीवी वर्गको उठिबास लगाउने मिटर व्याजी व्याप्त रहेको बताए । मजदुरको समस्या र मुद्दाहरुमा मजदुरको साथी सांसद बनेर काम गर्ने इच्छा रहेकोले ट्रेड युनियन कांग्रेसलाई सहयोग गर्न पौडेलले आग्रह गरे ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपालको श्रमिक आन्दोलन र सहकारी आन्दोलनको जग बसाल्ने काम बिपीले गरेको बताउदै बिपीको सपना साकार गर्न श्रमिकको आर्थिक सुधार हुनुपर्ने बताए ।

ट्रेड युनियन कांग्रेसका उपमहासचिव बलदेव तामाङले श्रमिक वर्गको शिक्षा स्वास्थ्यमा सहज पहुँच र युवाहरूले मर्यादित रोजगारी पाएपछि मात्र बिपीको विचार साकार हुने बताए । श्रमिकका विभिन्न सवालहरुलाई छलफल र संवाद गर्ने उदेश्यले श्रमिक सवाल कार्यक्रमको शुरूवात गरेको ट्रेड युनियन कांग्रेस बागमती प्रदेश अध्यक्ष गणेश भट्टराईले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*