२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

मिटरव्याज पीडित पुनः आन्दोलित, मागे गृहमन्त्रीको राजीनामा

सरकारले हालै ल्याएको मिटरव्याजसम्बन्धी बिधेयकप्रति असन्तुष्टि जनाउँदै पीडितहरु पुनः आन्दोलित भएका छन् । केही दिनअघि पीडितहरुको माग सम्बोधन गरिने भन्दै सरकारले उनीहरुलाई आन्दोलनबाट फिर्ता गरेको थियो ।
तर अस्तिमात्र संसदबाट पारित विधेयकमा आफूहरुको माग सम्बोधन हुन नसक्ने भन्दै मिटर व्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समिति आन्दोलित भएको हो । उनीहरुले मंगलबार नयाँ बानेश्वरमा प्रदर्शन गर्नुका साथै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनमासमेत मागे ।

नयाँ बिधेयकप्रति असन्तुष्ट संघर्ष समितिले प्रदर्शनसहित संसद भवनसमेत घेरा हालेका छन् । पीडितहरु भन्छन्, विधेयक हामीहरुको पक्षमा कुनै हालतमा छैन । जबसम्म पीडितको पक्षमा विधेयक आउँदैन तबसम्म आन्दोलन जारी राख्छौं ।

सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहुहरुको सम्पत्ति छानबिनसम्म गर्न सक्दैन । यही कारण आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरलाई अपराधीहरुको चंगुलबाट मुक्त गर्न सक्ने अवस्था आउँदैन ।

संघर्ष समितिका प्रवक्ता निर्ग नविनले आन्दोलित पीडितहरुलाई सम्बोधन गर्दै अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने थियो तर अहिले साहुहरु एक पक्षमात्रै गए पनि हुने बनाएको छ । यसमा हामी सन्तुष्ट छैनौं । उनले साहुहरुसंग राखिएका कागजपत्र छानबिन गर्न माग गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*