प्रत्येक अधिकमासमा मेला लाग्ने मत्स्यनारायणमा मंगलबारबाट यो वर्ष पनि मेला सुरु भएको छ । चार चार वर्षमा आउने अधिकमास (मलमासमा चन्द्रागिरि नगरपालिका वडा नं. ९ स्थित मत्स्यनारायण मनिदरमा मेला लाग्छ ।
मेलालाई व्यवस्थित र मर्यादित गराउन एक समिति नै गठन भएको छ । एक महिना साउन २ देखि ३१ गतेसम्म लाग्ने मेलाको तयारीबारे जानकारी गराउन समितिले सोमबार पत्रकारसम्मेलन आयोजना गरेको थियो । व्यवस्थापन समितिका अनुसार मेलामा कुनै किसिमको असुविधा नहुने जनाइएको छ ।
मंगलबारबाट सुरु भएको मेलामा मत्स्यनारायण मन्दिरमा बिहानबाटै सयौं भक्तजनको भीड लागेको छ । आज पहिलो दिन खासगरी चन्द्रागिरि र कीर्तिपुरसहित आसपासका बस्तीबाट भक्तजनहरु आएका थिए । भोलिदेखि भने देशविदेशबाट हिन्दु धर्मावलम्बीहरु आउने अनुमान व्यवस्थापन समितिले गरेको छ ।
प्रत्येक चार चार वर्षमा वर्ष मेला लाग्ने भए पनि यसअघि कोरोना महामारीका कारण खासै रौनक नभएकाले यस वर्ष धेरै भक्तजन आउने अनुमान गरिउको छ । समितिले यसपटक भने २० लाखको हाराहारीमा दर्शनार्थीले मत्स्यनारायण दर्शन गर्ने अपेक्षा गरेको छ ।
पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मत्स्यनारायणमा स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ।
भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक ग्रन्थ उल्लेख छ । मत्स्यनारायणका रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा मन्दिरमा पूजा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ । मलमास अवधिमा अन्य धार्मिक कार्यसहित मन्दिरहरूमा पूजापाठ लाग्दैन ।
न्यूज समय
२ श्रावण, २०८०, मंगलबार ००:००