१६ कार्तिक २०८१, शुक्रबार  |  1 November 2024,Friday
Ad

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया : पेसमेकर राखियो

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ । केही दिनदेखि मुटुसम्बन्धी गम्भीर समस्याले सताइएपछि उहाँमा पेसमेकर राखिएको हो ।

केही दिनअघि मुटुमा समस्या आएपछि राष्ट्रपछि पौडेललाई बाँसबारीस्थित गंगालाल हृदय रोग अस्पतालमा भनाइ गरिएको थियो । त्यहाँबाट डिस्चार्ज भएको तेस्रो दिनमै पुनः समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पौडेललाई भर्ना गरिएको हो ।

सेन्टरले आज दिउँसो विज्ञप्तिमार्फत राष्ट्रपतिमा पेसमेकर राखिएको जानकारी दिँदै अझै ७२ घन्टा नियमित निगरानीमा राख्नुपर्ने जनाएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*