लगातार गर्मी बढे संगै धमाधम बिद्यालयहरु बन्द गरिदै
- २५ जेष्ठ, २०८०, बिहीबार ११:००
- मुख्य समाचार
- न्यूज समय
केहि दिन यता बढदै गएको गर्मीका कारण तराई तथा मधेसका बिद्यालय बन्द हुने क्रम बढेको छ ।
लगातार बढेको गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्ने देखेर केहि दिनका लागि बिद्यालयहरु बन्द गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
दाङको तुल्सिपुर उप–महानगरपालिकाले पनि ५ दिनका लागि सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गर्न भनेको छ ।
उप–महानगरपालिकाले एक सूचना प्रकाशन गर्दै यहि जेठ २६ गते शुक्रबार देखि ३० गते सम्म सम्पूर्ण बिद्यालय बन्द गर्न भनेको हो । उप–महानगरपालिकाद्वारा जारी सूचनामा बार्षिक बिदाबाट मिलान गर्ने गरी बिद्यालय बन्द गर्न भनेको हो ।
यस अघि मधेशका बिभिन्न जिल्लाका स्थानीय निकायले पनि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै केहि दिनका लागि बिद्यालय बन्द गर्न निर्देशन दिईसकेका छन् ।