सदन सुचारु गर्ने बिषयमा सभामुख अर्याल सक्रिय, विपक्षी दलका नेताहरु संग छलफल

न्यूज समय

प्रतिनिधि सभाको जारी अवरोध हटाउने विषयमा चासो राख्दै सभामुख डीपी अर्यालले छलफल थालेका छन् ।

सभामुख अर्याल र विपक्षी दलको नेताहरूबीच बुधबार विपक्षी दलहरुद्वारा गरिएको अवरोध हटाउने विषयमा छलफल भएको बताईएको छ ।

छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेकपाका सांसद वर्षमान पुनलगायत नेताहरु सहभागी भएको भए ।

रास्वपाका सभापति रवि लामिछानेले यस अघि प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई जवाफ दिने प्रस्तव राखे पनि त्यसलाई विपक्षी दलका नेताहरुले स्वीकार नगरेको र प्रधानमन्त्रीले नै सदनमा जवाफ दिनु पर्ने दोहोर्याएको बुझिएको छ ।

दलहरु बीच कुरा नमिल्दा बुधबार विहान ११ बजे डाकिएको प्रतिनिधिसभा बैठक २ बजे सारिए पनि बैठक बस्न सकेन ।

त्यस यता सदन सुचारु गर्ने बिषयमा सभामुख अर्याल बिशेष चासो राख्दै विपक्षी दलका नेताहरु संग छलफल अगाडी बढाएका हुन् ।