राहदानी विभागका महानिर्देशक अर्याल र राष्ट्रियसभा सदस्य सुनिल थापाका छोरा सिद्धार्थ पक्राउ

न्यूज समय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। पासपोर्ट खरिद तथा छपाइ प्रक्रियासम्बन्धी प्रकरणमा अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिइएको हो।

त्यसै प्रकरणमा व्यवसायी सिद्धार्थ थापा पनि सादा पोशाकका सुरक्षाकर्मीको नियन्त्रणमा रहेको बताइएको छ। उनी राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन्। राहदानी छपाइसम्बन्धी टेन्डर प्रक्रिया र पुरानो कम्पनीसँगको सम्झौता सकिएपछि नयाँ कम्पनी छनोट प्रक्रियामा देखिएको अनियमितता र ढिलाइबारे अनुसन्धान केन्द्रित रहेको छ।

हाल राहदानी छपाइका लागि जर्मनीका दुई कम्पनी मुलबाउर र भेरिडोसले टेन्डर पाएको बताइएको छ। तर, छपाइ प्रक्रिया र कार्यान्वयनमा देखिएको ढिलाइका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको थियो। अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

अख्तियारले विभागका प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधिका निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएको उच्च स्रोतले बताएका छ । सिद्धार्थ प्रिन्टिङ कम्पनी भेरिडोसका संचालक हुन् ।