रमेश चौधरीको जन्मकैदको सजायलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ ।
कैलालीको टिकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसलाबाट जन्मकैदको सजाय भुक्तान गरीरहेका चौधरीको मुद्दालाई सर्वोच्च अदालतले पनि सदर गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको आदेशलाई सदर गरेको सर्वोच्च श्रोतले बताएको छ ।
तर सोहि मुद्दामा आरोपीत बनेका सिताराम चौधरी र गंगाराम चौधरीले भने सफाई पाएका छन् ।
जिल्ला र उच्च अदालतको आदेश अनुसार जम्मकैद भुक्तानकालागि जेलमा रहेका सिताराम र गंगारामलाई सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको छ ।
उनिहरुलाई जिल्ला अदालतले गरेको ३ बर्ष कैदको फैसलालाई सदर गरेको हो ।
चौधरीले जिल्ला अदालनको फैसला अनुसार ३ बर्ष कैद भुक्तान गरिसकेकाले थुनामुक्तहुन सर्वोच्चले आदेश गरेको हो ।
न्यूज समय
२ जेष्ठ, २०८०, मंगलबार ००:००