५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

प्रधानन्यायाधीश नियुक्तिका लागि आजदेखि बार एशोसिएसन आन्दोलनमा

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त अविलम्ब गर्न माग गरेको छ ।

एशोसिएसनका महासचिव अन्जिता खनालले शनिबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सबै अदालतका न्यायाधीश नियुक्त गर्न माग गरेकी हुन् ।

‘सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन हुन पुगी न्यायपालिकाप्रति जनआस्था खस्किँदो अवस्थामा छ . ’, विज्ञप्तिमा भनिएको छ, ‘देशभरिका अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसक्दा सेवाग्राहीले संविधानद्वारा प्रत्याभूत स्वच्छ न्याय पाउने हकबाट बञ्चित हुनुपरेको छ ।’

अहिले सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

एशोसिसनले प्रधानन्यायाधीश नियुक्ति, न्यायपालिकाको विकृति, विसङ्गतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न समेत माग गर्दै आजबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्न थालिएको महासचिव खनालले जानकारी दिइन् ।

उनका अनुसार ती माग पूरा गर्नका लागि आजदेखि एक हप्तासम्म प्लेकार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*