आगलागीका घटना बढे, कपिलबस्तुमा २६ घर टहरा जलेर नष्ट

न्यूज समय

कपिलबस्तुको विजयनगर गाउँपाकिमा भएको आगलागीबाट २६ घर टहरा जलेर नष्ट छन् ।
बिहिबार गाउँपालिकाको वडा न.५ स्थित सिसवामा भएको आगलागीमा एक करोढ बढीको क्षेति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीमा परी ७ वटा फुसको घर, ११ वटा गोठ, ५ वटा फुसको भन्साघर जलेर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानामगरले बताए ।
आगलागीमा मानविय क्षति नभए पनि स्थानीयका घरका खाद्यान्न, लत्ता कपडा, तथा एउटा गाईको बाच्छो पनि जलेको छ ।
बिहान ११ बजे देखि लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल स्थानीय र शिवराज र कृष्णनगर नगरपालिकाको वारुणयन्त्रको सहायताले ३ घन्टा पछि नियन्त्रणमा लिइएको थियो ।
यसै बिच गर्मी बढे संगै आगलागीका घटना पनि बढेका छन् । दाङको उत्तर पूर्वी जंगलमा आगलागी भएको छ । सुकेका रुखका पातमा सल्किएको आगो फैलदै गएको स्थानीय बासीको भनाई छ ।