प्रधानन्यायाधीश नियुक्ति प्रकृया अगाडि बढाउन प्रमुख ३ दलका शिर्ष नेताहरु सहमत
प्रमुख ३ राजनीतिक दलका शिर्ष नेताहरुले प्रधानन्यायाधीश नियुक्तिको प्रकृया अगाडि बढाउन सहमती जनाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बिहान भएको शिर्ष ३ नेताको बैठकमा प्रधानन्यायाधीशको नियुक्ति प्रकृया अगाडि बढानउने निर्णय भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भएको छलफलमा चाँडै संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीशको नियुक्तिको प्रकृया अगाडि बढाईने सहमति जनाएका हुन् ।
प्रधानन्यायाधीश नभएको केहि समय यता अहिले कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको बागडोर समालिरहेका छन् ।
नेताहरुको बैठकमा संसदीय समिति सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउने बिषयमा पनि छलफल भएको छ ।