१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

नागरिकलाई सुखी बनाउनतर्फ सवै क्षेत्रको ध्यान जनुपर्छ राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ सवै क्षेत्रको ध्यान जानुपर्ने बताएकी छिन् ।
संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधानले मार्गदर्शन गरे अनुसार स्वतन्त्र ढंगले राज्यका अगंहरु परिचालित हुनुपर्ने धारण राखिन् ।
अर्थतन्त्रको सुदृढीकरण आजको आवश्यकता भएको भन्दै राष्ट्रपति भण्डारीले त्यसको प्रवर्दधन गर्न दरिलो वृत्तिय नीति बनाएर अगाडि बढनु पर्ने बताईन् ।
आफुले दुई कार्यकालका लागि जिम्मेवारी पाएको भन्दै यस समयमा मुलुकमा थुप्रै बिकास निर्माण र समुन्नतिका लागि काम भएकोमा खुसी व्यक्त गर्दै सबैलाइै धन्यबाद समेत दिईन् ।
कोभिड महामारीका कारण देशको अर्थतन्त्रलाई क्षेति पुगेको भए पनि त्यसलाई कारण जनाउँदै कोहि पनि त्यस्ता अवस्थाबाट पन्छिन नहुने उनको भनाई थियो ।
बर्तमान अवस्थामा मुलुकमा बढदै गएको व्यापार घाटालाई कम गर्न उत्पादन क्षेत्रलाई बिशेष तरिकाले बढाउन सबै क्षेत्र गम्भिर हुन आवश्यक रहेको समेत राष्ट्रपति भण्डारीले औंल्याईन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*