६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन बेइजिङमा सुरु


चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको २०औँ जनकंग्रेस बेइजिङमा सुरु भएको छ। बेइजिङस्थित हल अफ पिपल्समा सुरु भएको कंग्रेसले सीपीसीको आगामी पाँच वर्षे नेतृत्वका साथै पार्टीको मार्ग तय गर्ने छ। सीपीसीको २०औँ राष्ट्रिय कंग्रेसको पूर्वसन्ध्यामा बेइजिङमा शनिवार तयारी बैठक सम्पन्न भएको थियो। बैठकमा चीनका राष्ट्रपति तथा सीपीसीका महासचिव सि चिनफिङले कंग्रेसको तयारी प्रति धन्यवाद दिएका थिए।

त्यस्तै, बैठकले २२ सदस्यीय प्रतिनिधिको आधिकारिकता मापनका लागि समिति र २४३ सदस्यीय कंग्रेस प्रेसेडियम कमिटीलाई अनुमोदन गरेको छ। त्यस्तै, तयारी बैठकले २०औँ कंग्रेसको एजेन्डलाई अनुमोदन गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्। कंग्रेसको उद्घाटन गर्दै महासचिव सिले आगामी पाँच वर्ष आधुनिक समाजवादी राष्ट्र निर्माणको लक्ष्य हासिल गर्नका लागि चुनौतीका पाँच वर्ष हुने बताएका छन्।

सीपीसीले २०२० देखि २०३५ सम्म आधुनिक समाजवादी राष्ट्र बन्ने सपनालाई साकार पार्ने र २०३५ देखि सताब्दीको मध्येसम्म चीनलाई समृद्ध, बलियो, प्रजातान्त्रिक, सांस्कृतिक सद्भाव र सुन्दर मुलुक निर्माण गर्ने लक्ष्य राखेको छ। सो क्रममा उनले पछिल्लो दशक चीनले समाजवादी राष्ट्र निर्माणका दिशामा महान उपलब्धिहरु हासिल गरेको बताए। उनले सताब्तीसम्म सीपीसीले आफूलाई संघर्षबाट खार्दै ल्याएको र बलियो रुपमा स्थापित गरेको बताए।

उनले चिनियाँ राष्ट्रको कायाकल्प इतिहासमा अपरिवर्तनीय रहेको बताए। उनले चिनियाँ पृष्ठभूमिमा मार्क्सवादको नयाँ अध्यायको निरन्तरता चिनियाँ कम्युनिस्ट पार्टीको आजको आवश्यकता भएको बताए। उनले आफ्ना अनुभवहरुले आधारभूत तहमा आफूलाई सिकाएको चिनियाँ विशेषतासहितको समाजवादलाई अगाडि बढाएको बताए।

उनले मार्क्सवाद आफ्नो पार्टीको आधारभूत निर्देशक सिद्धान्त रहेको र यसैको आधारमा देश निर्माण भएको बताए। यही पृष्ठभूमिमा नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादको विचारधारको निर्माण भएको उनले बताए। जनकंग्रेसले आगामी पाँच वर्षका लागि पुनस् सिलाई महासचिवमा चयन गर्ने बताइएको छ। यससँगै उनलाई आगामी कार्यकालका लागिसमेत राष्ट्रपति बन्ने बाटो खुला गर्नेछ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*