१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

इगा स्वेटेकलाई फ्रेन्च ओपन टेनिसअन्तर्गत महिलातर्फको उपाधि

उपाधि विश्व नम्बर एक इगा स्वेटेकले फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् । पेरिसमा शनिवार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्याण्डकी इगाले उपाधि जितेकी हुन्।

इगाले १८ औं वरियताकी कोकोलाई ६-१ र ६-३ ले पराजित गरिन् । इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन् ।

२१ वर्षिया इगाको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । पुरुषतर्फको उपाधिका लागि राफायल नाडाल र क्यास्पर रुड भिड्ने छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*