५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

७२९ पालिकाको मत परिणाम : कांग्रेस एक्लैले जित्यो ३२० पालिका प्रमुख

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत ६२९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । थप २२ स्थानमा मतगणना जारी छ । दुई स्थानीय तह उदयपुरको त्रियुगा र बाजुराको बुसिढगंगामा मतदानकै प्रक्रिया बाँकी रहेका कारण ती स्थानीय तहको मतपरिणाम अनिश्चित छ ।

मतपरिणाम सार्वजनिक भएका ७२९ पालिका माध्ये कांग्रेसले ३२० स्थानीय तह जितेर अग्रता कायम गरेको छ । मतगणना भइरहेका २४ पालिका मध्ये ६ स्थानीय तहमा कांग्रेसले अग्रता कायम गरेको छ । १९९ स्थानीय तह जितेर नेकपा एमाले दोस्रो पार्टी बनेको छ ।

थप ६ स्थानीय तहमा एमालेले अग्रता कायम गरेको छ । १२० स्थानीय तह जितेर तेस्रो पार्टी बनेको नेकपा माओवादी केन्द्रले थप २ स्थानीय तहमा अग्रता कायम गरेको छ । त्यसबाहेक २९ स्थानीय तह जितेर जनता समाजवादी पार्टी जसपा चौथो स्थानमा छ । उसले थप ३ स्थानीय तहमा अग्रता कायम गरेको छ ।

१७ स्थानीय तह जितेर भर्खरै स्थापित दल नेकपा एकीकृत समाजवादी पाँचौ दल भएको छ । उसले थप दुई स्थानीय तहमा अग्रता कायम गरेको छ । १५ स्थानीय तह जितेर छैटौं भएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले थप एक स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*