७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन शुरु

नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आज (आईतवार) देखि काठमाडौंमा शुरु भएको छ ।
सनिवार साँझा पार्टी केन्द्रिय कार्यालय पेरिश डाँडामा बसेको बैठकले पार्टीको सम्मेलनलाई महाधिवेशनमा परिनत गर्ने निर्णय संगै आज देखि महाधिवेशन शुरु भएको हो ।
कमलादी स्थित प्रज्ञा भवनमा सुरु भएको महाधिवेसनको उद्घाटन सत्रमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्वोधन गर्ने कार्यक्रम छ । त्यस्तै जनता समाजवादीका पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका महासचिव संकर पोख्रेल, क्रान्तिकारी माओबादीका नेता सि.पि गजुरेल, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपाकी महामन्त्री कुन्ति कुमारी शाहीले पनि सम्वोधन गर्ने छन् ।
महाधिवेशनमा देश भरिवाट १ हजार ६ सय ३१ प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा १४८३ नियमित प्रक्रियाबाट छानिएका र १८४ जना मनोनित प्रतिनिधि सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ ।
त्यस्तै आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएर आएका छन् ।
महाधिवेशनले १५ सदस्यीय पदाधिकारी सहित १९९ जना सदस्य सहितको नयाँ नेतृत्व छनोट गर्ने कार्यक्रम रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*