प्रदेश न.२ मा महोत्तरीका मिश्र प्रदेश प्रमुख बन्दै

न्यूज समय

मन्त्रीपरिषदको बैठकले प्रदेश न.२ को प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ ।
(आज) सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजेश अहिराजलाई हटाएर हरिशंकर मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
महोत्तरी जिल्लाका मिश्र नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वसांसद समेत हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको नयाँ सरकारले यस अगाडि गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख बनाई सकेको छ ।