निर्वाचन आयोगले दलसम्बन्धी विवाद छलफलका लागि बोलाएको बैठकमा पुगेर दुईवटा लिखित निवेदन दर्ता गरी प्रचण्ड–नेपाल समूह फर्किएको छ । आयोगले अध्यक्ष सहित पाँच जना प्रतिनिधि बैठकमा आउनु भनि पठाएको पत्र अनुसार प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग गएका थिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल दुबै जना उपत्यका बाहिर भएकाले बैठक पछाडि सार्नको लागि सूचना दिएर फर्किएको प्रचण्ड–नेपाल समूहका प्रतिनिधि लिलामणि पोखरेलले जानकारी दिए ।
आयोगले दल दर्ता सम्बन्धि सूचना सार्वजनिक गर्ने विषयमा छलफल गर्न बोलाएको थियो ।
न्यूज समय
१६ माघ, २०७७, शुक्रबार ००:००