नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले प्रतिनीधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीलको कदम असंवैधानिक, अलोकतान्त्रीक र प्रतिगामी भएको बताएकी छन् ।
संविधानसभा सदस्य समेत रहेकी सांसद देवकोटाले लहडका आधारमा प्रधानमन्त्रीले प्रतिनीधिसभा विघटन गर्ने अधिकार संविधानमा नभएको बताएकी छन् ।
नेतृ देवकोटाले पाँच वर्षका लागि जनताले दिएको जनमतलाई बीच बाटोमा संसद विघटन गरेर प्रधानमन्त्रीले संविधान धुजा धुजा पारेको बताइन् ।
उनले पाँच वर्षका लागि जनताले दिएको जनमतको अपमान गर्दै संसद फाल्ने प्रधानमन्त्रीले बैशाखमा चुनाव गर्दछन् भनि प्रश्न गरिन् ।
न्यूज समय
२३ पुस, २०७७, बिहीबार ००:००