काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरुले बताएका छन् । वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटि इन्डेक्स ९एक्यूआई० ४०२ छ । गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको थियो ।
३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ । वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार यो प्रदूषण भन्दा पनि मौसमको कारणले भएको हो ।
यसैबीच, वातावरण विभागले बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्याधिक बढेको जनाएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै बालबालिका,वृद्धवृद्धा,दीर्घ रोगी,मुटुका समस्या भएका व्यक्तिहरुलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले घर बाहिर ननिस्कन र बाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।
प्रदुषणले श्वासप्रश्वास प्रणालीमा रहेको रोग प्रतिरोधात्मक क्षमतालाई घटाउँने रोग प्रतिरोध शक्ति नै घटाएपछि स्वाभाविक रुपमा कुनै पनि किटाणुले आक्रमण गर्ने सम्भावना बढेर जाने चिकित्सकहरुले बताएका छन
न्यूज समय
२१ पुस, २०७७, मंगलबार ००:००