सर्बोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाई भइरहेका बेला तोकिएकै मितिमा निर्वाचन गराउन माग गर्दै अर्को रिट दायर भएको छ ।
अधिवक्ता दिपक विक्रम मिश्रले आइतवार दर्ता गराएको रिटको प्रारम्भिक सुनुवाईका लागि आजै पेशी तोकिएको छ । रिटमा तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्दै निर्वाचनलाई प्रभावित पार्ने गतिबिधि नगर्नु नगराउनु भनि अन्तरिम आदेश माग गरिएको छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरि वैशाख १७ र २७ गते दुई चरणमा नयाँ निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने कुनै गतिबिधि रोक्न माग गरिएको हो ।
न्यूज समय
२१ पुस, २०७७, मंगलबार ००:००