काँग्रेसका सांसदले दुईदिनको तलब दिने
१९, चैत्र, काठमाडौं । बाराका भिषण हावा हुरीबाट प्रभाबित परिवारलाई काँग्रसबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने साँसदले दुई दिनको तलब सहयोग गर्ने भएका छन् ।
काँग्रसका संघिय संसदिय दलको निर्णय अनुसार मुख्य सचेतक बालकृष्ण खाँडले आज एक बिज्ञप्ती प्रकाशित गरि पिडित परिवारलाई दुई दिन बरावरको तलब दिने जानकारी दिएका छन् ।
पिडित परिवारलाई राहत स्वरुप उक्त तलब दिन लागिएको काँग्रेसले जनाएको छ ।
यस अघि नेपाली काँग्रेस सभापति शेरबहादुर देउबाले पार्टिका कार्यकर्तालाई उद्दार तथा राहतमा खटिन निर्देशन दिईसकेका छन् ।