२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

स्वास्थ्यमन्त्री बस्नेत आफै निस्किए अनुगमनमा, ठूला अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका औषधी


काठमाडौं उपत्यकाभित्रका ठूला अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नै नभएका औषधिहरु बिक्रीका लागि राखिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा औषधि व्यवस्था विभाग, उपत्यकाका तीनै जिल्लाका सहायक सीडीयोलगायतको टोलीले गरेको अनुगमनमा यस्तो पाइएको हो ।

मन्त्री बस्नेतले भने– ‘अनुगमनका क्रममा डेट एक्स्पायर भएका, कतिपय बेच्नै नपाइने औषधिहरु समेत भेटिएको छ । एक्स्पायर औषधि नछुट्याई गोलमाल राखिएको र स्पष्ट बिल नबनाइएको पनि देखियो ।’ काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसी अनुगमनका लागि २० वटा टोली खटाइएको उनले जानकारी दिए ।

‘उपत्यकाभित्र आजै अनुगमन सकिन्छ । बेलुकासम्म टोलीको निष्कर्ष आउँछ । त्यसैका आधारमा कारबाही प्रक्रिया अघि बढाइन्छ,’ मन्त्री बस्नेतले भने । मन्त्रीसहितको टोलीले वीर, पाटन अस्पताल तथा अल्का अस्पतालका फार्मेसी अनुगमन गरेको थियो । उपत्यकाबाहिर पनि विभागको टोलीले निरन्तर अनुगमन गरिरहेको उनले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*