२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

सार्वजनिक सवारी साधनको भाडा घट्यो ।

यातायात व्यवस्था विभागले बुधबारबाट लागुहुने गरी सार्वजनिक सवारी साधनको भाडादर घटाएको छ ।
विभागले एक सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको छ ।
विभागका अनुसार लामो दुरीका यात्रुवाहक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारी साधनको ४.६५ प्रतिशतका दरले भाडा घटाईएको छ ।
मंगलबार भारतीय आयल कार्पोरेशनले पेट्रोलियम पदार्थको मुल्य घटायर पठाए संगै नेपाल आयल निगमले पनि मट्टितेल र डिजेलमो मुल्य घटाएको थियो ।
आयल निगमले १६५ रुपैयाँमा बिक्री हुदै आएको डिजेल र मट्टितेलमा १० रुपैयाँ घटायर १५५ बनाएको छ ।
सो आधारमा यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका सवारी साधनको भाडा दर पनि समायोजन गरेको हो ।
तर निगमले पेट्रोलको मुल्य भने यथावत नै राखेको छ ।
घटाईएको भाडा निम्न बमोजिम हेर्न सकिन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*