२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

सामाजिक सुरक्षा भत्ता वितरण वडाबाटै गर्ने नगरप्रमुख भट्टराईको योजना


नेपाली कांग्रेसका नेता एंव खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम वडामै पु¥याउने तयारी थालेको बताएका छन् ।

नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुको परिचयात्मक कार्यक्रममा नगरप्रमुख भट्टराईले सामाजिक सुरक्षा भत्ता अनियमितता रोक्नलाई बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीलाई अचाक्ली शास्ती भएको ठहर गर्दै वडामै पु¥याउने तयारी थालेको बताए ।

भट्टराईले भने– ‘सुरक्षा भत्ता वितरण कार्यक्रम वडामै लैजानका लागि बैंक तथा वित्तिय संस्थाहरुसँग छलफल गर्दैछौं ।’

टाढाबाट नगरपालिकामा काममा आउने सेवाग्राहीलाई रित्तै नर्फकाउन हेल्प डेस्क(सहयोगी कक्ष) राख्नेबारे पनि कार्यपालिका निर्माण भएपछि छलफल गरिने नगरप्रमुख भट्टराईले बताए । निर्वाचित १५ वडाका वडाध्यक्ष र वडा सदस्यलाई इंगित गर्दै उपभोक्ता समिति गठनमा अनिवार्य पारदर्शीता हुनुपर्ने उनको भनाई थियो ।

कर्मचारीलाई ढिलासुस्ती नगरी सेवाग्राहीको काम गर्न निर्देशन दिए । परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले अबको जनप्रतिनिधिको फोकस बिकासमा हुनुपर्ने बताए

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*