२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

अघिल्लो वर्षको बजेट स्मरण गरेरमात्रै आलोचना गर्न डा मिनेन्द्रको प्रतिपक्षलाई सुझाव

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले गठबन्धन सरकारले ल्याएको बजेटको मूल दिशा ठीक रहेको बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै रिजालले बजेटले सही प्राथमिकतामा आधारित कार्यक्रमहरु ल्याएको बताए ।

उनले सरकारसँग अपेक्षा बढी गर्न सकिए पनि अहिलेको अवस्थामा ल्याउन मिल्नेजस्तो बजेट आएको बताए । उनले भने–‘बजेटको मूल दिशा ठीक छ । यो अवस्थामा योभन्दा पृथक बजेट आउने अवस्था थिएन । बजेटका प्राथमिकताहरु ठीक छन् ।’

उनले प्रतिपक्षलाई अघिल्लो वर्षको बजेट स्मरण गरेरमात्रै आलोचना गर्न सुझाए । रिजालले भने–‘कमसेकम यो बजेट संसदभित्र आएको छ । अघिल्लो वर्ष संसदलाई छलेर बजेट ल्याउने साथीहरु धेरै आक्रामक हुन जरुरी छैन । बजेटका बारे धेरै ठूलो प्रतिरक्षा गर्नुपर्ने पनि छैन ।’

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*