२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

शहीदहरुको विवरण एकिकृत गरी अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

आज माघ १६ अर्थात शहीद दिवस देशै भर विविध कार्यक्रम गरेर शहीद दिवस मनाईएको छ ।
देश र जनता प्रति प्राण आहुति दिने शहीदलाई सम्झना गर्दै आजको दिनलाई शहीद दिवसको रुपमा मनाउने गरिएको छ ।
शहीद दिवस २०७८ को अवसरमा एक सन्देश दिदै राष्ट्रिपती बिद्यादेवी भण्डारीले जनताको हितकालागि समर्पित हुन शहीद दिवसले हौसल्ला प्रदान गरोस भन्ने कामना गरेकी छिन् ।
शहीदको बलिदानबाट प्राप्त संघिय लोकतन्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, बिकाश र समृद्धिको आकंक्षा पुरा गर्ने तर्फ अग्रसर हुनुपर्ने धारण व्यक्त गरेकी छिन् ।
यसै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौर स्थित शहीद स्माकर पुगेर शहीद स्तम्भमा पुष्प गुच्छा अर्पण गरेका छन् ।
त्यस अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले देशको स्वाधिनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने शहीद सधै अमर रहने धारण व्यक्त गरे ।
राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्य तथ्य विवरण एकिकृत गरी अभिलेख तयार गर्न पनि प्रधानमन्त्री देउवाले सम्वन्धित मन्त्रालयलाई निर्देशन दिए ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, शहीद सप्ताह मुल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, लगाएतको सहभागिता रहेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*