२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

राष्ट्रिय सभाका १९ सांसदले पद तथा गोपनियताको शपथ लिए

गएको माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित राष्ट्रिय सभाका १९ सांसदले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
सङ्घीय संसद् भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
पद तथा गोपनियताका शपथ लिने सदस्यहरुमा कृष्णप्रसाद सिटौला, रुकामणि कोइराला, आनन्दप्रसाद ढुङ्गाना, पूजा चौधरी, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, श्रीकृष्ण अधिकारी रहेका छन् ।
त्यस्तै घनश्याम रिजाल, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा, विष्णुकुमारी सापकोटा, झक्कु सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, बलदेव बोहरा, नारायणदत्त भट्ट र रेणु चन्द पनि शपथ लिएका छन् ।
त्यस अवसरमा उपाध्यक्ष अर्यालले सांसदहरुलाई लोगो चिन्ह एवं कर्मचारीले अध्ययन सामग्री वितरण गरेका थिए ।
आईबार हिजो कार्यकाल सकिएका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहित २० जना सांसदलाई विदाई गरिएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*