१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

बर्तमान दुई तिहाईको सरकार समर्पण बादि : पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति देउवा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाईको सरकार समर्पण बादि भएको आरोप लगाएका छन् । राष्ट्रबादका चर्का नारा लगाउने बर्तमान सरकारको राष्ट्रबाद कालापानीमा पुगेर समाप्त भएको सभापति देउवाले टिप्पनी गरे ।
दुई तिहाईको बलले आर्मि, पुलिसलाई पार्टी प्रति प्रतिबद्ध बनाउन खोजेको बताउँदै त्यसले देशलाई फाईदा नपुग्ने भएकोले बेलैमा सोच्न उनले आग्रह गरे ।
नेपाल टे«डयूनियन काँग्रेसको राष्ट्रिय परिषदलाई बिहिबार काठमाडौमा उद्घाटन गर्दै सभापति देउवाले बर्तमान सरकारले मजदुरका हक र अधिकारलाई खोस्न खोजेको आरोप लगाए । पूर्व प्रधानमन्त्री देउवाले श्रामिकको अधिकार खोसिने गरी अध्यायदेश ल्याए नेपाली काँग्रेसले त्यसलाई संससदमा पास गर्न नदिने चेतावनी दिए ।
आस्ताका आधारमा कसैलाई दुःख दिन नहुने भन्दै मजदुरकालागि काँग्रेस लडदै आएको र आगामि दिनमा लडदै जाने समेत बताए । दलित, जनजाती, दादिवासी तथा पिछडिएका बर्ग देखि राष्ट्रपति सम्मलाई मिलाएर देशलाई अगाडी बढाउन सक्ने क्षमता काँग्रेस संग भएकोले काँग्रसलाई कजोर नठान्न प्रधानमन्त्री देउवाले सुझाव दिए ।

नेपाली काँग्रसका बरिष्ठ नेता रामचन्द्र पौडेलले समाजलाई झुक्याएर सत्तामा पुग्ने कम्यूनिष्ट अवसर बादि भएको बताए ।
बहुमतको दुरुपयोग गरेर बर्तमान सरकारले अदालत, अक्तियार जस्ता संवैधानिका निकाएलाई तर्साउने गरेको नेता पौडेलले आरोप लागाए । बिपक्षी दललाई बेवास्था गरी प्रधानमन्त्रीको सो बिवेकक र एकल निर्णयमा बिभिन्न आयोग बनाउनु गलत भएको उनले टिप्पनी गरे ।
सरकारले व्यूरोक्रेसीमा हात हाल्दै आस्ताका आधारमा सरुवा बढुवा गर्न थालेको भन्दै पक्षपाति शासन नचलाउन नेता पौडेलले सुझाव दिए ।
२०५४ साल देखि काँग्रेसले अघि बढाएको सामाजिक सुरक्षा आवधारणालाई बर्तमान सरकारले प्रधानमन्त्री के. पि. ओलिको फोटो सडकमा टाँसेर प्रचार मात्र गर्न खोजेको नेता पौडेलको आरोप थियो । बर्तमान सरकार लोकतन्त्रको बाटोबाट बाहिर जान खोजेकोले मुलुकलाई लोकतान्त्रिक बाटोमा पुर्न फर्काउन काँग्रेस कटिवद्ध भएर लागेको नेता पौडेलले जिकीर गरे ।
”दिगो विकासका निम्ति मर्यादित रोजगारी, सुदृढ लोकतन्त्र र समृद्ध हाम्रो जिम्वेवारी” भन्ने नाराका साथ टे«डयूनियन काँग्रस संग आबद्ध राष्ट्रिय संघका सैयौं प्रतिनिधी सहभागी राष्ट्रियपरिषद बिभिन्न घोषण पत्र जारी गर्दै शुक्रबार समापन हुने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*