२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा सवै क्षेत्रको ध्यान जान आबस्यक : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बर्तमान अवस्थामा उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न सवै क्षेत्रको ध्यान जान आबस्यक रहेको बताएकी छिन् ।
बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई आईतबार काठमाडौंमा सम्बोधन गदै राष्ट्रपति भण्डारीले बैङ्किङ तथा वित्तीय संस्थाहरूले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाई अगाडि बढदा सफलता मिल्ने पनि बताईन ।
पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरू उपयुक्त हुँदाहुँदै पनि सरकारको उदेश्य र लक्ष्यमा बैङ्क तथा वित्तीय संस्थाहरुले थप समन्वय गर्नु पर्नेमा जोड दिईन् ।
नवप्रवर्द्धन र उद्यमशीलताका लागि युवापुस्तालाई अभिप्रेरित गर्न परिसंघ संग मुलुकले नैतिक एवं भौतिक अपेक्षा गरेको बताउँदै राष्ट्रपति भण्डारीले आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्धन गर्न सवै क्षेत्रको ध्यान जानु पर्ने बताईन ।
साथै राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउन बैङ्क तथा वित्तीय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयमा विश्व विद्यालयहरू, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरूद्वारा अध्ययन अनुसन्धान गराई त्यसलाई कार्यान्वयनमा ल्याए छिटो सफलता हासिल गर्न सघाउन पग्ने समेत बताइन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*