१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

बढयो महिला तस्करी


२२ माघ, काठमाडौं । पछिल्लो समय भारतको बाटो हुँदै अवैध बाटोबाट खाडी मुलुकमा नेपाली महिलाहरुको तस्करी गर्ने क्रम बढेको पाईएको छ ।
सरकारल खाडी मुलुकमा घरेलु काममा महिला कामदारलाई जान प्रतिबन्ध लगाएपछ विभिन्न बाटो हुँदै महिला कामदारहरु अवैध रुपमा वैदेशिक रोजगारीमा जाने क्रम वढेको हो । विभिन्न दलालहरुले नेपाली महिलाहरुलाई भारतको बाटो हुँदै लैजाने गरेका छन । तस्करकालागि भारतको पनि विभिन्न नाकाहरु प्रयोग हुने गरेको पाईएको छ ।
शनिबार मात्रै अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १०० भन्दा बढी नेपाली महिलाको भारतको उत्तरपुर्वी राज्य मणिपुरबाट उद्धार गरिएको छ । ईम्पल्स एनजीओ नेटवर्कको सहयोगमा मणिपुर प्रहरीले म्यानमारसँग सीमा जोडिएको क्षेत्र, होटेल र विमानस्थलबाट ति महिलाहरुलाई उद्धार गरेको थियो । पछिल्लो समय दिल्ली स्थित महिला आयोगले लगातार नेपाली महिलाको उद्धार गर्न थालेपछि तस्करहरुले मणिपुरलाई नयाँ बाटो बनाएको पाईएको छ । उनीहरुलाई म्यानमारको बाटो भएर ईराक र युएई लैजान लागिएको थियो । त्यस आधारमा मणिपुर प्रहरीले शुक्रबार विहानबाटै सर्च अपरेशन चलाएको थियो । त्यसक्रममा विभिन्न ठाउँबाट ३०० भन्दा बढीलाई उद्धार गरिएको थियो । उनीहरुलाई अवैध रुपमा लैजान खोज्ने दुई जना नेपाली पनि पक्राउ परेका छन । मानव तस्करहरुले विभिन्न विकल्पहरुको प्रयोग गरी महिलाहरु लैजाने गरेको पाईएको हो ।
करिब २ वर्ष देखि नेपाली महिला कामदारहरु नेपाल सरकारबाट श्रम स्विकृत लिएर वैदेशिक रोजगारीमा जान पाएका छैनन । तत्कालिन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिले खाडी मुलुकमा महिला कामदार जान प्रतिवन्ध गर्नका लागि सरकारलाई निर्देशन दिएपछि महिला कामदार वैधानिक रुपमा वैदेशिक रोजगारमा जानवाट वन्चित भएका हुन । सरकारले वैधानिक बाटो वन्द गरिदिदा झनै समस्या बढेको जानकारवालाहरुले बताएको खवर प्रभाव राष्ट्रिय दैनिकले छापेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*