६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

फोटोसुट गरेकै कारण सुन्दरी र फोटोग्राफर जेलमा

इजिप्टमा फोटोशुटका कारण मोडल र फोटोग्राफर दुवै जना जेल परेका छन् । फोटोग्राफर हौसम मोहम्मदले खिचेका तस्वीरहरुमा मोडल सलमा अल शिमी फोटोशुट गरेकै कारण जेल जानुपरेको इजिप्टका सञ्चारमाध्यमले जनाएका छन् ।

इजिप्टको मिडिया मिडिल इस्ट आइका अनुसार उनीहरुलाई प्रशासनले पक्राउ गरेर एक दिन हिरासतमा राखेर धरौटीमा छोडेको छ ।

फोटोग्राफर हौसमले खिचेका तस्वीरहरुमा मोडल सलमा परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा देखिएकी छिन् । उनका तस्वीरहरु राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा खिचिएका छन् । इजिप्टको पिरामिडको पृष्ठभुमीमा खिचिएको मोडलको तस्विर सामाजिक संजालमार्फत सार्वजनिक भएपछि इजिप्टमा बहस सुरु भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*