१९ बैशाख २०८१, बुधबार  |  1 May 2024,Wednesday
Ad

फेरी हल्लायो सुदुरपश्चिमलाई

बाजुरा । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा भुकम्प गएको छ ।
मंगलबार राति ७ बजेर १५ मिनेटमा ५.७ रेक्टरको भुकम्प गएको भुकम्प मापन केन्द्रका भुृकम्पविद राजेश शर्माले जानकारी दिए ।
बझाङ्ग जिल्लाको पौवागडी केन्द्रविन्दु भनाएर उक्त रेक्टरको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
सुदुरपश्चिम प्रदेशका बाजुरा, बझाङ्ग, डोटी कैलाली, अछाम, सुर्खेत जिल्लामा भुकम्पको धक्काको महसुस गरिएको स्थानिय बासीले बताएका छन् ।
भुकम्प गएपछि जिल्लाका स्थानीयहरु निकै त्रसित बनेको बताएका छन् । अछाम जिल्लाको साँफे बगर नगरपालिकामा भने एक घर भत्किएको स्थानीय रमेश महराले जानकारी दिए ।
भुकम्पले पु¥याएको क्षतिको विवरण नआइसकेको र क्षति बारेमा प्रत्येक प्रहरी चौकीलाई बुझ्न खवर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
बेलुका खाना खाएर सुत्ने समयमा भुकम्प आएपछि जिल्ला सदरमुकाम मार्तडीमा होहल्ला मच्चिएको थियो । रातमा डरका कारण कतिपय जिल्ला बासीहरुले घर छोडेर बाहिर सुरक्षित स्थान खोज्दै हिडेका थिए ।

२०७२ साल पछि नेपालमा निरन्तर स–साना पराकम्प र भुकम्प गईरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*