१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

फेरी डेंगीको संक्रमण भेटियो : साबधानी अपनाउन इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको सवैमा आग्रह

काठमाडौं । कोरोना भाईरसको संत्रास फैलिरहेका बेला नेपालमा फेरी डेंगीका बिरामी भेटिएका छन् ।
इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार गएको दुई महिनामा नेपालमा ३६ जनामा डेंगीको संक्रमण देखिएको हो ।
महाशाखाले प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, ५ नम्बर प्रदेशम १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ३६ जनामा डेंगीरोगको संक्रमण भेटिएको जनाएको छ ।
गर्त बर्ष पनि नेपालका बिभिन्न स्थानमा डेंगी रोगका संक्रमित व्यक्तिहरु भेटिएका थिए । लामखुट्टेको टोकाईबाट फैलने यो रोगको संक्रमण बढ्न सक्ने भन्दै इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले सचेत रहन सबैमा आग्रह गरेको छ ।
गर्मियामको सुरुवात संगै यो रोग देखिएकोले घरमा बस्दा वा बेलुका सुत्दा लामखुट्टेको टोकाईबाट बच्न बिशेष साबधान अपनाउन भनिएको छ । आफु बस्ने स्थानका खाल्टा खुल्टिमा पानी जम्न नदिन तथा घर वरपर सफा राख्न महाशाखाले सवैमा आग्रह समेत गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*