२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

प्रधानमन्त्री देउबा बनारसमा, आजै नेपाल फर्कने

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउबा आईतबार (आज) बनारस पुगेका छन् ।
एयर इण्डियाको जहाज मार्फत त्यहाँ पुगेका देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् ।
बनासरमा प्रधानमन्त्री देउबाले त्यस क्षेत्रमा रहेका मन्दिरहरुमा दर्शन गर्ने तथा नेपाली धर्मशालाहरुमा जाने कार्यक्रम रहेको छ । बनारमा रहँदा देउवाले मुख्यमन्त्री आदित्यनाथ संग भेट तथा बिभिन्न बिषयमा कुराकानी पनि हुने छ ।
यस अघि प्रधानमन्त्री देउवा र भारतिय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदि लगाएत भारतिय जनता पार्टीका शिर्ष नेताहरु संग भेटबार्ता भएको थियो । भेटपछि दुई देश बिच बिभिन्न शिर्षका दुईपक्षिय हित र बिकास निर्माण लगाएतका बिषयमा सम्झौता समेत भईसकेको छ ।
शुक्रबार तिन दिने भ्रमणकालागि भारत गएका प्रधानमन्त्री देउवा आजै नयाँ दिल्ली फर्कने र अपराहन्न काठमाडौं फर्कने कार्यक्रम रहेको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*