२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा


यहि असोज २८ देखि कास्कीको पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

कात्तिक ३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियतामा तयारी तीव्ररुपमा अगाडी बढाईएको छ ।
प्रतियोगितामा सात प्रदेशका सात, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल तथा गैरआवासीय नेपाली संघ एनआरएनेको टिमबीच प्रतिस्पर्धा हुने आयोगजकले जनाएको छ ।
प्रतियोगितामा ३ हजार छ सय ८५ महिलासहित ७ हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पधा गर्ने छन् ।
३९ वर्षपछि पोखरामा हुन लागेको दोस्रोपटकको यो राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते खेलमा प्रतिसप्रर्धा हुने छ ।
त्यस्तै जिम्न्याष्टिक, पौडी र कबड्डी हयाण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन खेलमा पनि प्रतिशप्रधा हुने छ । प्याराग्लाइडिङ लाई पनि प्रतियोगितामा समाबेस गराईने आयोजकको भनाई छ ।
प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेतालाई रु. २५ हजार तथा सामूहिक तर्फका स्वर्णधारीलाई रु. १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
चार सय आठ प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदक प्रदान गर्ने तयारी भएको पनि आयोजकको भनाई छ ।
खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथिसहित झण्डै १० हजारको संख्यामा सहभागी हुने व्यक्तिहरु लाई आवास व्यवस्थापन मिलाईएको आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणीन्द्र पौडेलले बताए ।
आन्तिरिक तथा बाहिय पर्यटनलाई आर्कषित गर्ने उदेश्यले सुन्दर नगरी पोखरमा राखिएको प्रतियोगिताको ट्रफी यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरिसकेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*