५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताएका छन् । देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले त्यस्तो बताएका हुन् ।
मुलुकको समग्र स्वास्थ्य अवस्था सुधार्न आफुले बिर अस्पतालबाट सुरुवात गरेको भन्दै मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको यो अवधीमा मुलुककै स्वास्थ्य क्षेत्रमा सवैले महसुस गर्ने गरी काम गरेको दावी गरे ।
मन्त्री बस्नेतले मन्त्रालयको जिम्वेवारी आफ्नो काँधमा आए पछि वीर अस्पतालका ७ सय शैया विपन्नका लागि निुशल्क गरेको, आकस्मिक कक्षमा शैया संख्या बढाएको, ओपिडी सेवा विहान ८ बजेदेखि बनाएको, अनलाईनबाट पनि टिकट काट्ने व्यवस्था लागु गरेको, भिआईपी र भिभिआईपी कक्ष दुईवाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन लगायतमा देखिने गरी काम गरेको बताए ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा.भुपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ अगाडि बढाइरहेको बताउदै निकट भविश्यमै आईसियूको संख्या पनि थप गरिने तैयारी भएको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*