२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

पेट्रोल र डिजेलमा मूल्यवृद्धि (मूल्य सूचीसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । मंगलबार राति १२ बजेपछि लागू हुनेगरी प्रतिलिटर ९ रुपैयाँ बढेको हो ।

अब प्रतिलिटर पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ वृद्धि भएको निगमद्वारा जारी सूचीमा उल्लेख छ । एलपी ग्यासमा भने केही सहज भएको छ । जसमा प्रतिसिलिण्डर १३० रुपैयाँ घटेको छ ।

निगमले भारतबाट मूल्य बढेर आएका कारण भाउ बढाउनु परेको जनाएको छ । पेट्रोलको खुद्रा मूल्यमा प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ भएको हो ।

डिजेल र मट्टितेल पनि वृद्धि भइ प्रतिलिटर पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास भने अब प्रतिलिण्डिर १६६० मा पाइने भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*