२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

नेपाल-भारत वीच रहेको सीमा समस्या चाँडै समाधान हुन्छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल-भारत वीच रहेको सीमा समस्या चाँडै समाधान हुने बताएका छन् ।
भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री साउदले त्यस्तो बताएका हुन् ।

सरकारले नेपाल-भारत सीमामा भएका समस्या चाँडै समाधान गर्न गम्भिर भई कूटनीतिक पहल सुरू भइसकेको समेत जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार दुई देशको सिमा समस्या समाधानको पहल अघि बढाइएको मन्त्री साउदको भनाई थियो ।

केहि समय अघि भारतका विदेशमन्त्री एस जयशंकरले पनि नेपाल भ्रमणमा आएका बेला दुई देश वीचको सीमा समस्या समाधानका लागि भारत सकारात्क रहेको र त्यो चाँडै अगाडी बढाउन आफुले पनि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*