२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

अलपत्र आयोजनाहरु चाँडै सम्पन्न गराउन रास्वपाले माघ २१ गते देखि दबाब यात्रा गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा अलपत्र आयोजनाहरू चाँडै सम्मपन्न गराउने उदेश्यले दबाब यात्रा गर्ने भएको छ ।

नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजनाहरुलाई प्राथमिकतामा राखेर प्रतिनिधि सभा सांसदहरूलाई सातै प्रदेशमा तीन वटाका दरले विभिन्न आयोजनाहरुमा दबाब दिन जिम्मेवारी तोकिएको रास्वपाले जनाएको छ ।

यहि माघ २१ गते देखि दवाव पैदल यात्रालाई रास्वपाका सभापति रवि लामिछानेले सुरुवात गर्ने कार्यक्रम रहेको पनि बताईएको छ ।

यो यात्राको पहिलो दिन सभापति रवि लामिछाने मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रामा सहभागि रहने छन् ।
त्यस्तै सभापति लामिछाने सहितको टोलिले नारायणगढ–पुल्चोक–गोन्द्राङ सडकमा पनि दबाब यात्रा गर्नेछन् कार्यक्रम तय भएको छ ।

त्यस्तै पार्टीका उपसभापति डिपी अर्यालले काठमाडौं–मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरउन्नती योजनामा दबाब यात्रा गर्ने रास्वपाले जनाएको छ ।

यस अघि रास्वपाले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ–बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरिसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*