२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पुनः पुबुदु

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी पुनः पुबुदु दसानायकेले पाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को शनिबारको बैठकले पुबुदु दसानायकेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी दिने निर्णय गरेको हो ।
पुबुदु यो निर्णय संगै नेपाली क्रिकेटको दोश्रो पटक प्रशिक्षकका रुपमा नियुक्त भएका छन् ।
प्रशिक्षकका लागि परेको ६० जनाको खुला आवेदनबाट क्यानले पुबुदुलाई छनोट गर्ने निर्णय संगै नेपाली राष्ट्रिय क्रिकेट टोलिको प्रशिक्षकको जिम्मा पाएका हुन् ।
गत सेप्टेम्बरमा ओमान भ्रमणका क्रममा डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक खालि थियो ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन–४ र तीनको उपाधि दिलाएका पुबुदुले नेपाललाई सन २०१४ ट्वान्टी–२० विश्वकपसम्म र्पुयाए संगै नेपाली क्रिकेट टोलीको प्रशिक्षकका रुपमा लोकपृय मानिन्छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*