२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

नेकपा माओवादी केन्द्र तर्फबाट सहभागी सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका तीन जना मन्त्री बर्खातीमा परेका छन् ।
बर्खास्तीमा पर्नेहरुमा नेकपा माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेका उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।
संघिय सत्ता समिकरण परिवर्तन भए संगै उनिहरुलाई मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरी उक्त मन्त्रालय आफै संग राखेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
नागरिक उन्मुक्ति पार्टी र नेकपा (एस) को समर्थनमा मात्र पनि मुख्यमन्त्री शाहलाई बहुमत पुग्ने भए पछि उनले माओबादीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई कारवाही गरी बर्खास्त गरेका हुन् ।
केन्द्रमा हुँदै गरेको नयाँ सत्ता समिकरण अनुसार नाउपा वा समाजबादी मध्य एकले उनको समर्थन छोडे भने शाहको सरकारलाई आफ्ठेरो पर्ने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*